Main News

विपद्पछिको उद्धारमा किन भयो सरकार असफल ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३२ गते २०:४०
विपद्पछिको उद्धारमा किन भयो सरकार असफल ? (भिडियोसहित)

३२ साउन, २०७७ काठमाडौं । गत शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरो खसेर ३९ जना बेपत्ता भए । ती मध्ये १९ जनाको शव भेटियो । बाँकी २० जना अझै माटो मुनि छन् ।

प्रहरी, सेना, स्थानीय सरकार र स्थानीय बासिन्दा उनीहरुको खोजिमा लागेका छन् । तर फेला परेका छैनन् । यसले सरकार विपद् रोकथामका लागि मात्र हैन विपद्पछिको उद्धारमा पनि असफल देखिएको छ ।

हुन त घट्ना भएपछि मात्र राज्य संयन्त्रको आँखा पुग्नु नेपालमा सामान्य भैसकेको छ । सिन्धुपाल्चोकको लिदी गाउँ पनि यसबाट अछुतो रहेन । हामीलाई बचाउ बस्ती सारिदेउ भन्दा पनि सरकारले नसुनेको अभागी गाउँ हो यो । बस्ती सारेर बचाउन गरेको बिन्ती नसुनेपनि शुक्रबार भीषण पहिरो गएपछि ठूला मान्छे दलबल सहित पुगे ।

सभामुखदेखि गृहमन्त्री र प्रदेशका मुख्यमन्त्री सम्म पुगेर उद्धार र राहतमा कमी नहुने आश्वासन दिए । तर सरकारी बानी न हो, प्रतिवद्धता अनुसार काम हुन सकेको छैन । र, भौगोलिक विकटतालाई कारण देखाउन खोजिएको छ । तर समस्या भौगोलिक विकटतामा नभइ सोच र उद्धारका लागि चाहिने आवश्यक साधनमै छ । लिदीमा मात्र हैन । गाडी गुड्ने शहरी क्षेत्रमा यस्तै पहिरो गए पनि सरकारले समयमा उद्धार गर्न सक्दैन ।

लिदीमा भौगोलिक विकटतालाई कारण माने पनि सुगम ठाउँमा पनि उद्धारमा सरकार असफल भएका थुप्रै उदाहरण छन् । सुगम ठाउँमै भएका दुर्घटना हुन् वा तराईको डुबान नै किन नहोस् उद्धारमा ढिलाई हुने गरेको छ । यसरी ढिलाई हुनुमा गृहमन्त्रीले अर्को कारण पनि देख्नु भएको छ ।गृहमन्त्रीको कुरा सुन्ने हो भन्ने सरकारसँग आशा गर्नु नै व्यर्थ छ किनकी सरकार आफै समस्यामा छ ।

हरेक वर्ष मनसुन सुरु भएसँगै बाढी पहिरोले गर्ने क्षतिको विवरण ढ्दो छ । विपद् पुरै टार्न सकिन्न तर पूर्व तयारी गरेमा नोक्सानी घटाउन सकिन्छ । समयमै हुने उद्धारले पनि यो क्षति गर्छ । तर समन्वय र उपकरणको अभावमा उद्धारमा सधैं ढिलो हुने गरेको छ ।

सरकारलाई आफ्नो कमजोरी पनि थाहा छ । देशविदेशबाट दैवी प्रकोप उद्धार कोषमा अर्बौं रकम पनि जम्मा भएको छ । र पनि त्यसको सदुपयोग गरेर पूर्वतयारी गर्न सरकार सधैं चुक्दै आएको छ । तर सरकारले नागरिकका समस्या समाधान गर्ने र आफ्नो कार्यशैली सुधार गर्नेतर्फ लागेको देखिन्न । यसले सरकार नागरिकप्रति जिम्मेवार छैन भन्ने देखाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *