Main News

आर्थिक अनियमितता गरेको कसुरमा तीन जना सैनिक अधिकारी बर्खास्त

हिमालय टिभी
२०७७ साउन ३२ गते १९:४१
आर्थिक अनियमितता गरेको कसुरमा तीन जना सैनिक अधिकारी बर्खास्त

३२ साउन, २०७७ काठमाडौं । आर्थिक अनियमितता तथा आचरण सम्बन्धी कसुर गरेको ठहर गर्दै नेपाली सेनाले सहायक रथी प्रयोग जबरासहित तीन जना अधिकारीलाई बर्खास्त गरेको छ ।

समरी जनरल सैनिक अदालतले जबरा सहित महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई दोषी ठहर गर्दै बर्खास्त गरेको हो ।

काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहँदा उनीहरुले आर्थिक अनियमिता गरेको अभियोग थियो ।

आर्मी मुख्यालयका अनुसार सहायक रथी जबरालाई एक करोड ५२ लाख २७ हजार तीन सय २१ रुपैयाँ र महासेनानी कार्कीलाई १५ लाख ७९ हजार चार सय ८० रुपैयाँ जरिवाना गरिएको छ।

यसैगरी सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *