Main News

कोरोनाका बिरामीको उपचारमा प्रयोग हुने रेमडिसिभिर आयात गर्न अनुमति

हिमालय टिभी
२०७७ साउन ३२ गते १८:१५
कोरोनाका बिरामीको उपचारमा प्रयोग हुने रेमडिसिभिर आयात गर्न अनुमति

३२ साउन, २०७७ काठमाडौं । कोरोनाका गम्भीर खालका बिरामीको उपचारका लागि परीक्षणका रुपमा प्रयोग भइरहेको रेमडिसिभिर औषधि आयात गर्न औषधि व्यवस्था विभागले अनुमति दिएको छ।

अक्सिजनको कमी भएर आइसीयू र भेन्टिलेटरमा रहेका कोरोनाका संक्रमितको उपचारका लागि रेमडिसिभिर औषधि परिक्षणका रुपमा प्रयोग भइरहेको छ र यसले विरामीलाई केही फाइदा पनि पुगेको छ ।

त्यसैले नेपाल स्वास्थ्य अनुसन्धानको प्रोटोकल अनुसार क्लिनिकल ट्रायलका लागि रेमडिसिभिर आयात गर्न अनुमति दिएको विभागका महानिर्देशक नारायण ढकालले बताउनुभयो ।

रेमडिसिभिर औषधि सहज रुपमा उपलब्ध नहुँदा भेन्टिलेटर र आइसीयूमा रहेका बिरामीको उपचारमा असहज भएको चिकित्सकहरुले गुनासो गरिरहेका छन् ।

नेपालमा यो औषधि ७ देखि ९ हजार रुपैयाँसम्ममा खरिद गर्न सकिनेछ । युरोप, अमेरिकाका साथै भारत र बंगलादेशमा पनि यो औषधि प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *