Main News

काठमाडौं उपत्यका भेटिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, तीन जिल्लामा १७२ संक्रमित

हिमालय टिभी
२०७७ साउन ३२ गते १६:५०
काठमाडौं उपत्यका भेटिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, तीन जिल्लामा १७२ संक्रमित

३२ साउन, २०७७, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्ने क्रम झन बढेको छ। आज काठमाडौं उपत्यकामा मात्रै १७२ जना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना नयाँ संक्रमित भेटिएका हुन् ।

देशैभर १०० जनाको आईसीयूमा उपचार भइरहेको छ भने ६ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जसमा प्रदेश २ मा ४१ जना, बागमती प्रदेशमा ४७ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश ५ मा ११ जना आईसीयूमा उपचार भइरहेको छ। बागमती प्रदेशमा ६ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौं उप्यत्यकासहित देशैभर ६४१ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। त्यसमध्ये २१८ जना महिला र ४१३ जना पुरुष रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *