Main News

सरकार र नागरिक प्रयासबाट मात्र कोरोना रोकथाम सम्भव : गृहमन्त्री थापा

हिमालय टिभी
२०७७ साउन ३२ गते १४:११
सरकार र नागरिक प्रयासबाट मात्र कोरोना रोकथाम सम्भव : गृहमन्त्री थापा

३२ साउन, २०७७ काठमाडौं । गृह मन्त्री रामबहादुर थापाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न सर्वसाधारणलाई अपील गर्नुभएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको सबै नियमहरु पालना गर्न अपील गर्नुभएको हो । सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवस्यक रहेको बताउनुभयो ।

‘कोरोनाको सन्दर्भमा नागरिकहरुले पनि बन्दाबन्दीका नियमहरु पालना गर्दिन हुन म अनुरोध गर्न चाहन्छु । किनभने सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्नँ नागरिकहरुको सहभागिता र उनीहरुको सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं । म सबै आदरणीय दाजुभाइ दिदी बहिनीहरुलाई कोरोना संक्रमणको अवस्थामा सुरक्षाका नियमहरु पालन गरिदिनुहुन अनुरोध गर्दछु ।’

आइतबार न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै गृहमन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा संक्रमण नियन्त्रण गर्न सकिने बताउनुभएको हो । उहाँले भन्नुभयो ‘कोरोनाको सन्दर्भमा नागरिकहरुले पनि बन्दाबन्दीका नियमहरु पालना गर्दिन हुन म अनुरोध गर्न चाहन्छु । किनभने सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्नँ नागरिकहरुको सहभागिता र उनीहरुको सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं । म सबै आदरणीय दाजुभाइ दिदी बहिनीहरुलाई कोरोना संक्रमणको अवस्थामा सुरक्षाका नियमहरु पालन गरिदिनुहुन अनुरोध गर्दछु ।’

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भएपनि फेरि संक्रमण बढिरहेको छ । सरकारले केही कडाई गरी नियन्त्रणको प्रयास गरिरहेको गृहमन्त्री थापाले बताउनुभयो । पुनः बन्दाबन्दी गरेर समस्याको हल नहुने भएकाले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पार्नुभयो ।

लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘कोरोना र आर्थिक संकट दुवैलाई हामीले समाधान गर्नुपर्ने भएकाले यसमा तालमेल मिलाएर हामीले गरिराखेका छौ र स्वास्थ्यका मापदण्डहरु अपनाएर उद्योग व्यवसायहरु पनि हामीले सञ्चालन गर्नुपर्ने छ । अरु सुरक्षाका मापदण्ड अपनाएर बन्दाबन्दीलाई पनि निरन्तरता दिनुपर्नेछ । यी दुईवटै कुरालाई हामीले अगाडि बढाइराखेका छौं ।’

सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोकेपनि अझैपनि लुकीछिपी आउने काम भइराखेको र त्यसको नियन्त्रणका लागि गृहमन्त्रालयले अधिकतम प्रयास गरेको बताउनुभयो । अहिले पनि खुला नाकाहरु नियन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको गृहमन्त्री थापाले बताउनुभयो । उहाँले भन्नुभयो ‘अब हामीले यो खुल्ला नाकाहरुलाई नियन्त्रण गर्न १२ सय भन्दा बढी बोर्डर आउटपोस्टहरु स्थापना गरिएको छ । त्यसले धेरै हदसम्म नियन्त्रण गरेको छ । त्यही पनि लुकीछिपी आउने केही मात्रामा भएपनि रोकेको छ । यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ । हिजोको जुन अवस्था थियो त्यो चाहिँ अहिले छैन ।’

‘अहिले दुईवटै संकट आएको हुनाले जटिलता त पैदा भएको छ । हामीले दुवै समस्यालाई समाधान गर्न प्रयत्न गरिराखेका छौं । कोरोनाको निम्ति विशेष सीसीएमसीको माध्यमबाट रोकथामको निम्ति हामी क्रियाशील छौं । विपदको निम्ति विपद जोखिम न्यूनीकरण व्यवस्थापन समिति छ तीन तहमा नै त्यो माध्यमबाट यसको नियन्त्रण र उद्धारको काम गरिराखेका छौं ।’

अहिले देशमा बाढी पहिरो र कोरोनाको संकट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा भएको थापाले बताउनुभयो । कोरोनाका लागि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) क्रियाशिल रहेको र बाढी पहिरोका लागि विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिले काम गरिराखेको थापाले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले दुईवटै संकट आएको हुनाले जटिलता त पैदा भएको छ । हामीले दुवै समस्यालाई समाधान गर्न प्रयत्न गरिराखेका छौं । कोरोनाको निम्ति विशेष सीसीएमसीको माध्यमबाट रोकथामको निम्ति हामी क्रियाशील छौं । विपदको निम्ति विपद जोखिम न्यूनीकरण व्यवस्थापन समिति छ तीन तहमा नै त्यो माध्यमबाट यसको नियन्त्रण र उद्धारको काम गरिराखेका छौं ।’

यस वर्ष मनसुन सुरु हुनभन्दा अगाडि नै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर पूर्व तयारी गरेको समेत गृहमन्त्री थापाले बताउनुभयो । विपदको समस्या गृह मन्त्रालयको मात्रै नभएर अन्य केही सरोकारवालाहरुको पनि समस्या भएकाले ती निकायहरुबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही जटिलता आएको थापाले बताउनुभयो । बाढी पहिरोका कारण क्षति पुगेको ठाउँमा रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा तयारी गरिएको पनि उहाँले बताउनुभयो । हरेक वर्ष पूर्व तयारी गरिएपनि उद्धारका लागि साधन र सामग्रीहरुको समस्या रहेको बताउनुभयो ।

‘पूर्व तयारी हामीले हरेक वर्ष गरिराखेका छौं त्यहिँ पनि त्यो पर्याप्त छैन् केही समस्याहरु छन् । विशेष गरेर पूर्व तयारीमा आवश्यक साधन र सामग्रीहरुको समस्या छ । विशेष गरेर ठूला हेभी इक्युपमेन्टहरु जो उद्धारको निम्ति आवस्यक हुन्छ त्यसको हामीलाई समस्याहरु छन् । कतिपय समस्याहरु तालमेलका समस्याहरु पनि छन् । विपदको सामना गृह मन्त्रालयले मात्रै नगर्ने भएर यसका सरोकारवाला निकायहरु पनि छन् । ती सबै मिलेर गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा तालमेलहरु नमिल्दा पनि समस्या उत्पन्न हुने गरेको छ । हामीले समयमा नै यसको उद्धार कार्यमा केही जटिलताहरु पैदा हुने गरेको छ । त्यहिँ पनि यसलाई सकेसम्म न्यून गर्न हाम्रो प्रयत्न जारी छ ।’

गृहमन्त्री थापाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र गृह मन्त्रालय अन्तर्गत रहेको रकमबाट उद्धार र पुनर्स्थापनाका लागि निकासी गरी काम भइराखेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *