Main News

कोरोना संक्रमित बढ्दो, काठमाडौं उपत्यकामा आइसोलेसन बेड अभाव

हिमालय टिभी
२०७७ साउन ३२ गते ७:४०
कोरोना संक्रमित बढ्दो, काठमाडौं उपत्यकामा आइसोलेसन बेड अभाव

३२ साउन, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा संघीय राजधानी काठमाडौं उपत्यकामा आइसोलेसन बेड अभाव भएको छ ।

राजधानीका कोभिड अस्पतालमा क्षमताभन्दा बढी संक्रमित भर्ना गरिएका छन् भने सक्रिय संक्रमितमध्ये आधाभन्दा बढी घरमै बसिरहेका छन् ।

अहिले काठमाडौं उपत्यकाका ११ अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । ती अस्पतालमध्ये पाँच अस्पतालमा क्षमताभन्दा बढी कोरोना संक्रमित उपचार गराइरहेका छन् ।

अहिलेसम्म देशभर सक्रिय संक्रमित ८ हजार ७ सय १६ र उपत्यकामा एक हजार ५ सय ७२ छन् । उपत्यकामा रहेका सक्रिय संक्रमितमध्ये ७ सय ३५ जना मात्रै अस्पताल भर्ना भएका छन् । ८ सय ३७ जना अस्पतालबाहिरै छन् ।

संक्रमित भर्ना भएका अस्पतालमा पनि क्षमताभन्दा बढी भर्ना भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार आठ शय्या मात्रै आइसोलेसनको सुविधा रहेको अस्पतालमा २४ संक्रमित भर्ना भएका छन् ।

एक सय २० जना क्षमता रहेको एपीएफ अस्पतालमा एक सय ४८, सय जना क्षमता रहेको कीर्तिपुर आयुर्वेद असस्पतालमा एक सय ६९, आठजना क्षमता रहेको धुलिखेल अस्पतालमा २३ र पाँचजना क्षमता रहेको प्रहरी अस्पतालमा एक सय ६८ जना भर्ना गरिएको छ । अन्य अस्पतालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *