Main News

परोपकारी संस्थाको अग्रसरता, कोरोना संक्रमितलाई परामर्श र अक्सिजन (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३२ गते ६:५३
परोपकारी संस्थाको अग्रसरता, कोरोना संक्रमितलाई परामर्श र अक्सिजन (भिडियोसहित)

३२ साउन, २०७७ धनुषा । सरकारले समेत गर्न नसकेको काम परोपकारी संस्था क्लोथ बैंक धनुषाले जनकपुरधाममा गर्न लागेको छ । कोरोना संक्रमण पुष्टि भएकालाई क्लोथ बैंक धनुषाले घरमै चिकित्सकीय परामर्श र आवश्यक परे अक्सिजनको समेत व्यवस्था गर्न लागेको छ ।

कोरोनाको संक्रमण बढ्दै गएपछि अस्पतालमा बेड अभाव हुँदै गएको छ । सरकारले पछिल्लो समय होमक्वारन्टिन र आइसोलेशनमा बस्न सक्ने गरी मापदण्ड पनि बनाएको छ ।

अस्पतालमा त आवश्यक पूर्वाधार नभएको गुनासो आइरहेका बेला धनुषामा भने परोपकारी संस्था क्लोथ बैंकले निःशुल्क चिकित्सकीय परामर्श र आवयश्क परे घरमै निशुल्क अक्सिजनको व्यवस्थापनमा जुटेको छ ।

५१ जना चिकित्सकको समूह बनाएर संक्रमितलाई घरमै निगरानीमा राख्ने र विरामीलाई आवश्यक परे जिल्ला प्रशासन कार्यालयमार्फत अक्सिजन उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले पनि अभियानमा स्वामित्व ग्रहण गरेको छ । राम्रो काम भन्दै जिल्ला प्रशासन कार्यालयले एकजना कर्मचारी खटाएर अक्सिजन वितरण गर्नेछ । सुरुमा दुई सय जनाका लागि अक्सिजन व्यवस्थापन गरिनेछ ।

अभियानमा सहभागी हुन पाउँदा चिकित्सक पनि खुशी भएका छन ।

२ सय सिलिन्डर व्यवस्थापन गर्ने लक्ष्यका साथ शुरु गरिएको अभियानमा अहिलेसम्म जिल्ला प्रशासन कार्यालयले २०, क्लोथ बैंकले १०, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदले ३, माँ जानकी यातायात प्रालिले २ तथा गोपाल साह, कैलाश जैन र जनकपुरधाम बस व्यवसायी संघका संस्थापक अध्यक्ष नरेन्द्र मोहन मिश्रले १र१ थान गरी ३८ थान सिलिन्डर सहयोग गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *