राजनीति

नेकपा अध्यक्षद्वयले गठन गरेको कार्यदलप्रति तीन नेताले उठाए प्रश्न

हिमालय टिभी
२०७७ साउन ३१ गते १८:४२
नेकपा अध्यक्षद्वयले गठन गरेको कार्यदलप्रति तीन नेताले उठाए प्रश्न

३१ साउन, २०७७ काठमाडौं । पार्टीभित्रको विवाद समाधानको लागि नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदलमाथि सचिवालयका तीन जना नेताले प्रश्न उठाएका छन् ।

आज बिहान प्रचण्ड निवास खुमलटारमै पुगेर वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको बैठक चलिरहेका बेला कार्यदल बनाउनुपर्नाको औचित्यबारे प्रष्न उठाएका हुन् ।

कार्यदलको अधिकार प्रष्ट नभएको भन्दै तीन नेताले पार्टीको बैठकबाटै समाधान खोज्नुपर्नेमा उल्टा बाटो हिडिएको भन्दै असन्तुष्टि जनाएको स्रोतले जनाएको छ । तीन नेताले सचिवालयको बैठक बसेर कार्यदलको अधिकार क्षेत्र तय गर्न पनि सुझाव दिएका छन् ।

जवाफमा अध्यक्ष प्रचण्डले कार्यदल गठन गरिसकेको अवस्थामा सुझावसहितको प्रतिवेदन आइसकेपछि सचिवालय बैठक बस्ने बताउनुभएको थियो । अध्यक्ष प्रचण्डले ओलीसँग कुनै गोप्य सहमति नभएकाले शंका नगर्न पनि तीन नेतालाई आग्रह समेत गर्नुभएको थियो ।

ओली र प्रचण्डबीचको छलफलले हिजो महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलको पहिलो बैठक भैसेपाटीस्थित पौडेल निवासमा बसिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्