Main News
सिन्धुपाल्चोक पहिरोमा मृत्यु हुने १३ पुगे, २६ जना अझै बेपत्ता
२०७७ साउन ३१ गते १२:४०
३१ साउन, २०७७, चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
आज थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो ।
लिदी गाउँको तामाङ वस्तीमा हिजो बिहान ६ बजेतिर पहिरो गएको थियो । पहिरो गएको स्थानबाट हिजो नै ११ जनाको शव निकालिएको थियो ।
उनीहरुको सनाखत भइसकेको र सामुहिक दाहसंस्कार गर्न लागिएको गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङले जानकारी दिनुभयो । पहिरोमा पुरिएर हराईरहेका २६ जनाको आज बिहानैदेखि खोजि कार्य जारी छ ।
यसैबीच पहिरो पीडितका लागि आवश्यक राहत र पुनस्थापनाको व्यवस्थापनका लागि आज बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोली जुगल पुगेर घटनास्थलको अनुगमन गरेको छ ।
प्रतिक्रिया