कोरोना संक्रमित बढेपछि दोलखामा भदौ ६ गतेसम्म लकडाउन

Himalaya Television
२०७७ साउन ३१ गते ७:२४

कोरोना संक्रमित बढेपछि दोलखामा भदौ ६ गतेसम्म लकडाउन

३१ साउन, २०७७ चरिकोट । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखामा आजदेखि भदौ ६ गतेसम्मका लागि लकडाउन गरिएको छ।

शुक्रबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको हो।

जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएकाले थप फैलिन नदिन जिल्लाभर लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन र जिल्लाभर सवारीसाधन चलाउन पूर्ण रूपमा रोक लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs