Main News

सांसद डा सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन ३० गते १८:३०
सांसद डा सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि

३० साउन, २०७७ काठमाडौं । संघीय सांसद डा सूर्यनारायण यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित डा यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । ६४ वर्षीय डा यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आउनु भएको हो ।

बाल रोग विशेषज्ञ डा यादवले आफू अहिले स्वस्थ्य रहेको जानकारी दिनुभयो । क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक जना बालकबाट आफूलाई कोरोना सरेको उहाँको दाबी छ ।

झाडापखाला भएर क्लिनिकमा ल्याएका ती बालकमा पछि निमोनिया पनि पुष्टि भएको र आफ्नो पनि जाँच गराउँदा पोजेटिभ आएको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *