Main News

विराटनगरमा एक चिकित्सकसहित थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन ३० गते १४:५४
विराटनगरमा एक चिकित्सकसहित थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

३० साउन, २०७७ विराटनगर । विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत एक जना चिकित्सकसहित थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार आएको रिपोर्ट अनुसार एक जना चिकित्सक, १ नर्स दुई जना फार्मेसीका कर्मचारी र १ जना अस्पतालका कर्मचारीमा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये दुई जना नोबेल अस्पताल भित्र रहेको सुस्वास्थ्य फार्मेसीमा कार्यरत कर्मचारी रहेको अस्पतालले जनाएको छ ।

बिहीबार पाँच जना थपिएसँगै नोबल अस्पतालमा कोरोना संक्रमितको संख्या ९ जना पुगेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । यसअघि चार चिकित्सक र एक जना नर्सलाई संक्रमण पुष्टि भइसकेको उहाँले बताउनु भयो ।

जसमध्ये दुई जना डाक्टरको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारको लागि काठमाडौंको महारगञ्जस्थित त्रिबी शिक्षण अस्पतालको कोभिड उपचार केन्द्रमा उपचार भइरहेको छ ।

संक्रमितमध्ये एक जना डाक्टर शिक्षण अस्पतलाको प्लाज्जा थेरापीबाट उपचार भइरहेको छ । अन्य चिकित्सक, नर्स र कर्मचारीहरू अस्पतालको आइसोलेसनमा राखिएको प्रबन्धक दाहालले बताउनु भयो ।

अस्पतालका प्रबन्धक दाहालका अनुसार हस्पिटलका २२४ जनाको स्वाब संकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *