सिन्धुपाल्चोकको लिदीमा पहिरोले ३५ घर पुरियो, पाँच जनाको शव फेला, ३३ जना बेपत्ता (बेपत्ता हुनेको नामावलीसहित)
३० साउन, २०७७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आज बिहान गएको पहिरोमा पुरिएर जनधनको ठुलो क्षति भएको छ । ५ जनाको मृत्यु भएको छ । ३३ जना पहिरोमा पुरिएका छन् ।
जुगल गाउँपालिका वडा नम्वर २ को लिदीमा बिहान ६ बजे गएको पहिरोले ३५ घर पुरेको हो । घरमा पुरिएका मध्ये ५ जनालाई मृत अवस्थामा निकालिएको छ । पहिरोबाट आठ जनालाई घाइते अवस्थामा निकालिएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याएर सिभिल अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा नेपाली सेना, प्रहरी सहितको टोलीले उद्धार गरिरहेको छ ।
पहिरोमा मृत्यु र बेपत्ता हुने सबै दोङ समुदायका छन् । सभामुख अग्नी सापकोटाले आफ्नो निर्वाचन क्षेत्र समेत रहेको घटनास्थल पुगेर उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न सरकारी निकायलाई निर्देशन दिनुभएको छ । पहिरोमा परेर दोङ थरका छविलाल, सोमरानी, धनलक्ष्मी,
शिरमाया, विवरानी, साहिँली, बिबी लक्ष्मी, सानुकान्छा, साङलामो, सोनाम, हिरा भक्ति, जीते झाँक्री, सानुकान्छी, दिन्दुस, सुरज, करेसमाई, च्यामा, सानु, टीकामाई, छिरिङ, मानबहादुर, जयबहादुर र प्रिया दोङ पुरिएका हुन् ।
यस्तै प्रीति, कान्छी, सानुकान्छी, वाङ्ची, धनमाया, रेनिस, मेकमाई, मिलन, विमला, माइला पराङ, प्रकाश, साइली, आयुश, सुवास र टीकामाई पनि पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यी मध्ये ५ जनाको शव निकालिएको तर पहिचान भइनसकेको जिप्रकाका प्रवक्ता डिएसपी माधव काफ्लेले जानकारी दिनुभयो ।
पहिरोमा परेर सम्पर्कविहीन बनेकाहरु
१.छबीलाल दोङ,
२.सोमरानी दोङ
३.धनलक्षमी
४.सीरमाया दोङ
५.विवरानी दोङ
६.साइली दोङ
७.बिबी लक्ष्मी
८.सानुकान्छा
९.साङलामो दोङ
१०सोनाम दोङ
११.हिरा भक्ती
१२.जिते झाक्री
१३.सानुकान्छी दोङ(गर्भवती)
१४.दिन्दुस दोङ
१५.सुरज दोङ
१६.करेसमाई दोङ
१७.च्यामा दोङ
१८सानु दोङ
१९.टिकामाई दोङ
२०.छिरीङ दोङ
२१.मानबहादुर दोङ
२२.जयबहादुर दोङ
२३.प्रिया दोङ
२४.प्रिती दोङ
२५.कान्छी दोङ
२६.सानुकान्छी दोङ
२७.वाङची लामा दोङ
२८.धनमाया तामाङ दोङ
२९.रेनीस दोङ
३०.मेकमाई दोङ
३१.मिलन दोङ
३२.विमला दोङ
३३.माइला पराङ
३४.प्रकाश दोङ
३५.साइली दोङ
३६.आयुस दोङ
३७.सुवास तामाङ
३८.टिकामाई दोङ
प्रतिक्रिया