Main News
समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि पाल्पा सिल
२०७७ साउन ३० गते ८:१४

३० साउन, २०७७ पाल्पा । कोरोना संक्रमित निको भएर घर फर्किएसँगै सुरक्षित महशुस गरिएको पाल्पामा समुदायस्तरमै कोरोना संक्रमित भेटिएपछि सदरमुकाम तानसेन बजार सिल गरिएको छ ।
बुधबार प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका–४ की ४० वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो ।
चार जनाको स्वाब संकलन गरि पठाइएकोमा उनका श्रीमान सहित अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ । ट्राभल हिस्ट्रि नै नभएका व्यक्तीमा कोरोना देखिएपछि तानसेनमा त्रास फैलिएको छ ।
संक्रमित भेटिएसँगै जिल्ला सीसीएमसीको बैठकले बजार छेत्रलाई सिल गरेर सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।
प्रतिक्रिया