Main News
१५ किलो सुनचाँदी प्रकरणमा इल्ताफ हुसेन अन्सारी पक्राउ
२०७७ साउन २९ गते १६:०१
२९ साउन, २०७७ काठमाडौं । प्रहरीले १५ किलो सुनचाँदी प्रकरणका मुख्य अभियुक्त इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको छ । उनी पर्सामा पक्राउ परेका हुन् ।
जाली नोटको कारोबारमा समेत मुछिएका अन्सारी चाँदीमा सुनको जलप लगाएर तस्करी गर्ने समुहका मुख्य नाइके भएको प्रहरीको दाबी छ ।
काठमाडौंको कमलपोखरीबाट अन्सारीको गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फालेर बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी भागेका थियो ।
उक्त गाडी अन्सारीकै भएको प्रहरीले जनाएको छ । यो घट्नामा संलग्न अन्य केहीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
बाराको प्रस्टोखा हरपुरका अन्सारी प्रायः वीरगञ्जमा बस्ने गर्छन् । उनी २०६८ सालमा नक्कली भारतीय नोटको कारोबार गर्दा पक्राउ परेका थिए ।
प्रतिक्रिया