Main News

युएईमा पछिल्लो पाँच महिनामा १ सय १० जना नेपालीले ज्यान गुमाए

हिमालय टिभी
२०७७ साउन २९ गते १५:५८
युएईमा पछिल्लो पाँच महिनामा १ सय १० जना नेपालीले ज्यान गुमाए

२९ साउन, २०७७ काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा पछिल्लो पाँच महिनाको अवधिमा एक सय १० जना नेपालीले ज्यान गुमाएका छन् ।

मार्च ११ यता एक सय दश जना नेपालीले ज्यान गुमाएको आबुधाबीस्थित नेपाली दूतावासको तथ्यांक छ । ज्यान गुमाउनेमा ५ जना महिला छन् ।

प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट उनीहरुको मृत्यु भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोनाका कारण १ जना महिलासहित ३६ जना नेपालीले युएईमा ज्यान गुमाएका छन् । कोरोनाका कारण ज्यान गुमाउने ३६ जना र अन्य कारणले ज्यान गुमाएका समेत गरी ६९ जनाको शव युएईमै अन्त्येष्टि गरिएको छ ।

दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शव युएईमै अन्त्येष्टि गरिएको हो । यसक्रममा २६ वटा शव भने नेपाल ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *