Main News
एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास बन्द गर्ने गृह मन्त्रालयको निर्णय
२०७७ साउन २९ गते ७:४५
२९ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमण फैलदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ ।
बिहीबारदेखि लागु हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ ।
धेरै जिल्लामा संक्रमण बढेको र आवातजावात बढेपछि पास वितरण केही दिनलाई पूर्ण रुपमा बन्द गरिएको मन्त्रलायका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला भित्र भने सवारी सरकारले तोकेअनुसार सवारी सञ्चालन गर्न पाइने छ ।
प्रतिक्रिया