समुदायमा कोरोना फैलिँदै गएपछि बुटवलमा आजदेखि लकडाउन

२९ साउन, २०७७, बुटवल । कोरोना संक्रमण समुदायस्तरमा फैलिँदै गएपछि बुटवल उपमहानगरपालिकाले बुटवललाई लकडाउन गर्ने निर्णय गरेको छ ।
उपमानगरको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले आज राती १२ बजेदेखि आगामी भदौ ५ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल भित्रिनेहरुका लागि २४ घण्टाको समय दिएर लकडाउन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।
लकडाउनमा अत्यावसकीय सेवा भने सञ्चालन हुनेछन् । बुटवल हुँदै चल्ने लामो दुरीका सवारी साधानलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइने, सामान ढुवानीका साधनहरुलाई विशेष सुरक्षा अपनाएर लोड अनलोड गर्न दिइने, उद्योगमा कार्यरत कर्मचारी तथा कामदारलाई बाहिर निस्कन नपाउने गरी स्वास्थ्य सुरक्षा अपनाई उद्योग सञ्चालन गर्न दिइने भएको छ ।
प्रतिक्रिया