Main News

पत्रकार बलराम बानियाँ मकवानपुरमा मृत फेला

हिमालय टिभी
२०७७ साउन २८ गते १४:४२
पत्रकार बलराम बानियाँ मकवानपुरमा मृत फेला

२८ साउन, २०७७ काठमाडौं । पत्रकार बलराम बानियाँको निधन भएको छ । सोमबारदेखि हराइरहेका कान्तिपुर दैनिकका पत्रकार बानियाँ मकवानपुरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा बानियाँको शव भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभयो । शव हेटौंडा अस्पतालमा राखिएको छ ।

परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको हो । बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।

बानियाँ बल्खु खोलामा पुलमुनि जाँदै गर्दा खसेको एसएसपी थापाले जानकारी दिनुभयो । थापाका अनुसार बानियाँको मृत्युका विषयमा थप अनुसन्धान भैरहेको छ । बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *