नेपाली सेनाका थप २९ जनामा कोरोना संक्रमण पुष्टि
२८ साउन, २०७७ काठमाडौं । नेपाली सेनाका थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार सेनाको दाङस्थित १९ नम्बर बाहिनीका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्युठानबाट तालिमका लागि दाङ आएका एक सैनिकमा संक्रमण देखिएपछि अन्यको पनि स्वाब परिक्षणका लागि पठाइएको थियो । सोही क्रममा परिक्षण रिपोर्ट पोजिटिभ आएको सैनिक प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
ठूलो संख्यामा सैनिकमा कोरोना संक्रमण पुष्टि भएसँगै यतिबेला दाङस्थित १९ नम्बर बाहिनी सिल गरिएको र सतर्कता उच्च बनाइएको छ । प्युठानबाट आएका सैनिक क्वारेन्टिन व्यवस्थापनको काममा संलग्न थिए ।
सैनिक प्रवक्ता पौडेलका अनुसार हालसम्म सेनाका दुईसय २४ जनामा कोरोना संक्रमण भइसकेको छ । सबैभन्दा धेरै दाङ र प्युठानमा २१ जनामा संक्रमण देखिएको छ ।
कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापन, होल्डिङ्सेन्टरको व्यवस्थापन र क्वारेन्टिन स्थललगायतका काममा नेपाली सेनालाई खटाइएको छ ।
प्रतिक्रिया