Main News

आज देशभर मौसम सामान्य बदली रहने, हल्कादेखि मध्यम वर्षाको सम्भावना

हिमालय टिभी
२०७७ साउन २८ गते ९:१०
आज देशभर मौसम सामान्य बदली रहने, हल्कादेखि मध्यम वर्षाको सम्भावना

२८ साउन, २०७७ काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित छ ।

हाल देशका अधिकांश भूभागहरूमा समान्यदेखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरूका थोरै/थोरै स्थानहरूमा हल्का बर्षा भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले निकाले बुलेटिनमा उल्लेख छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका १/२ स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाग्मती प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *