Main News

जनकपुरमा उपचारका क्रममा मृत्यु भएकामा कोरोना पुष्टि, मलामी गएकाहरुलाई क्वारन्टिन बस्न आग्रह

हिमालय टिभी
२०७७ साउन २८ गते ७:५९
जनकपुरमा उपचारका क्रममा मृत्यु भएकामा कोरोना पुष्टि, मलामी गएकाहरुलाई क्वारन्टिन बस्न आग्रह

२८ साउन, २०७७, जनकपुरधाम । जनकपुरमा उपचारका क्रममा मृत्यु भएर दाहसंस्कार गरिएपछि कोरोना रिपोर्ट पोजेटिभ आएका पुरुषको मलामी गएका सबैलाई होम क्वारिन्टाइनमा बस्न आग्रह गरिएको छ ।

जनकपुरको जानकी हेल्थ केयरमा दुई दिन अघि उपचारको क्रममा मृत्यु भएका महोत्तरी मटिहानी ६,का ४५ वर्षीय पुरुषको दाहसंस्कारपछि पिसिआर रिपोर्ट पोजिटिभ आएको हो ।

मंगलबार महोत्तरीमा थप ११ जना कोरोना संक्रमित फेला परेका थिए । ११ जना संक्रमितहरुको सुचि पुष्टि गर्ने क्रममा मटिहानीकै मृत्यु भएर सोमवार नै दाहसंस्कार समेत भईसकेका व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

मटिहानीका नगरप्रमुख हरि प्रसाद मण्डलले प्रहरी समेतको सहयोगमा मलामी गएका ५६ जनाको सुचि तयार पारेको र सबैलाई होम क्वारिन्टाइनमा बस्न र कोरोना परिक्षण गर्न आग्रह गर्नुभयो ।

मृतकको घर वरिपरिको क्षेत्रमा कसैलाई वाहिर हिडडुल नगर्न पनि भनिएको छ । मटिहानी बजार क्षेत्र समेत सिल गरिएको छ ।

मृतक ४५ वर्षिय पुरुष डाईभिटिस र फोक्सोको रोगबाट पिडित रहेको र उपचार गराउन जनकपुर लगिएकोमा पिसिआर जाँच गराइएको तर रिपोर्ट नआउदै उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *