Main News

मन्त्री ढकाल भन्छन–सरकारको विरोध गर्नेको मति बिग्रियो (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २७ गते २०:२४
मन्त्री ढकाल भन्छन–सरकारको विरोध गर्नेको मति बिग्रियो (भिडियोसहित)

२७ साउन, २०७७ काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारको आलोचना भएकोमा आक्रोश व्यक्त गर्नुभएको छ ।

परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री ढकालले सरकारको आलोचना गर्नेको मति ठीक नभएको टिप्पणी गर्नुभयो । आफ्नै पार्टी नेकपादेखि विपक्षी कांग्रेसमाथि मन्त्री ढकालले आक्रमण गर्नुभयो ।

सरकारले कोरोना विरुद्ध लड्नका लागि पर्याप्त तयारी गरेन, योजना नै भएन भनेर आलोचना भैरहेको छ । नागरिकदेखि राजनीतिक दलबाटै सरकारका काममाथि प्रश्न उठाइएको छ, तर स्वास्थ्यमन्त्री ढकालका अनुसार सरकारको आलोचना गर्नेहरुको मति बिग्रीएको छ ।

सरकारको आलोचना पनि किन भैरहेको छ भन्ने पनि स्वास्थ्यमन्त्री ढकालसँग रेडिमेड जवाफ छ , यो सबै सत्ताको खेल हो । र, यसमा प्रमुख प्रतिपक्षी कांग्रेसदेखि मन्त्री ढकालकै पार्टी नेकपाकै नेताहरु लागेका छन । नेकपा भित्र त अहिले स्थिरताको नारा दिए अस्थिरताको खेल भएको छ ।

आलोचकहरुको मुख सरकारले काम गरेरै बन्द गरिदिएको मन्त्री ढकालको दावी छ । तर सरकारका विरुद्ध संभावित नारा र कदम पनि मन्त्री ढकालले आंकलन गर्नुभएको छ । र, त्यसको पनि कामबाटै जवाफ दिने उहाँको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *