Main News

अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण

हिमालय टिभी
२०७७ साउन २७ गते १८:५३
अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण

२७ साउन, २०७७ काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरसको संक्रमण भएको छ।

घिमिरेलाई आज कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । केही दिन अघि घिमिरेका गाडी चालक र पछुवा गाडीमा हिँड्ने सात प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

त्यसपछि घिमिरे कार्यालय जानुभएको छैन । स्रोतका अनुसार प्रमुख आयुक्त घिमिरे घरमै आइसोलेसनमा बस्नुभएको छ । अहिलेसम्म अख्तियारमा घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना संक्रमण भएको छ।

तर उनीहरूमध्ये अहिलेसम्म कोही पनि अस्पताल भर्ना भएका छैनन्। अख्तियारका अरू ३ सय ५० जनाको पनि स्वाब परीक्षणका लागि पठाइएको छ। उनीहरूको रिपोर्ट अझै आउन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *