Main News

भेरी अस्पतालमा पीसीआर परीक्षण प्रयोगशालाको क्षमता विस्तार

हिमालय टिभी
२०७७ साउन २७ गते १८:४९
भेरी अस्पतालमा पीसीआर परीक्षण प्रयोगशालाको क्षमता विस्तार

२७ साउन, २०७७ बाँके । नेपालगन्जको भेरी अस्पतालमा पीसीआर परीक्षण प्रयोगशालाको क्षमता दोब्बर बनाइएको छ ।

स्वाबको आरएनए एक्स्ट्राक्सन गर्ने स्वचालित मेसिन जडान भएसँगै पीसीआर परीक्षण पहिलेको तुलनामा छिटो र दोब्बर हुने भेरी अस्पतालले जनाएको छ ।

पहिला भेरीको प्रयोगशालाको क्षमता दैनिक करिब ३ सय नमूनाको रिपोर्ट दिने थियो भने स्वचालित आरएनए एक्स्ट्राक्सन जडान भएपछि अब दैनिक ५ देखि ६ सय सम्म नमुनाको रिपोर्ट दिनेछ ।

स्वचालित मेसिन जडान भएसँगै पछिल्लो २४ घन्टामा भेरीको पीसीआर प्रयोगशालामा ४ सय ८० नमुना परिक्षण भएको छ । भेरी अस्पतालको ल्याब टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालापछि सबैभन्दा धेरै कोरोना स्वाब परीक्षण गर्ने प्रयोगशाला हो ।

पहिले बाँके, बर्दिया र दाङबाट दैनिक १० देखि १५ नमूना परीक्षणका लागि ल्याइने गरेकोमा पछिल्ला दिन दैनिक ४ सय वटासम्म आउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *