Main News

प्रहरीद्वारा गोंगबु हत्याकाण्डमा संलग्न महिला सार्वजनिक, छोरीको सहयोगमा शव फ्याँकेको स्वीकार

हिमालय टिभी
२०७७ साउन २७ गते १२:५७
प्रहरीद्वारा गोंगबु हत्याकाण्डमा संलग्न महिला सार्वजनिक, छोरीको सहयोगमा शव फ्याँकेको स्वीकार

२७ साउन, २०७७ काठमाडौं । कल्पना मुडभरी पौडेलले आफ्नो नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गरेकाले रोल्पा रुम्दीगढी गाउँपालिकाका कृष्णबहादुर बोहराको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ।

गत शनिबार राति कल्पनाले बोहराको हत्या गरी सुट्केशमा शव र जेब्रा झोलामा टाउको र खुट्टा हालेर गोंगबुमा फालेको कल्पनाले स्वीकारेकी छन ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरी नक्कली फेसबूक अकाउन्ट बनाएर निःवस्त्र तस्वीरहरू पठाउने गरेकाले कोठामा बोलाएर बोहराको हत्या गरेको बयान दिएको जानकारी दिएको छ ।

खानेकुरामा स्लिपिङ ट्याबलेट राखेर खुवाएको र त्यसपछि अण्डकोषमा हानेर हत्या गरेको उनले बताएकी छन् । शव व्यवस्थापनमा छोरीले पनि सघाएको बयान कल्पनाले दिएको प्रहरीले जनाएको छ ।

शवको सनाखत हुन नसकेपछि प्रहरीले फोटो नै सार्वजनिक गरेको थियो । त्यसपछि शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको थियो । सनाखत भएकै दिन प्रहरीले मुडभरीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *