Main News

बाँकेमा सुत्केरीले उपचार पाउन पनि गाह्रो, व्याथा लागेको १२ घण्टापछि उपचार

हिमालय टिभी
२०७७ साउन २७ गते ७:४४
बाँकेमा सुत्केरीले उपचार पाउन पनि गाह्रो, व्याथा लागेको १२ घण्टापछि उपचार

२७ साउन, २०७७, बाँके । नेपालगन्ज र कोहलपुरका तीन वटै अस्पतालका प्रसुती वार्ड शिल भए पछि बाँके डुडुवाकी ३० वर्षीया गर्भवती महिला प्रिति खटिकले ब्यथा लागेको १२ घन्टापछि प्रसुती सेवा पाउनु भएको छ ।

बिहान ७ बजेदेखि प्रसुती ब्यथाले च्यापेपछि उहाँलाई बेतहनी स्वास्थ्य चौकीमा लगिएको थियो । त्यहाँ उपचार सम्भब नभए पछि शुरुमा भेरी अस्पतालमा पुराइयो ।

भेरी अस्पतालले शिक्षण अस्पताल नेपालगन्ज पठाइ दियो । शिक्षण अस्पताल पनि शिल भएका कारण बेष्टन अस्पताल पठाइयो । बेष्टन अस्पतालले बेड खाली नभएको भनेर फर्कादिए पछि उहाँका आफन्तले बाँकेको उदयपुर स्थित स्वास्थ्य चौकीमा ल्याएर राखेको सुत्केरी महिलाका आफन्त माधबराम खटिकले बताउनुभयो ।

कोरोना संक्रमणका कारण प्रसुती वाडहरु शिल भएका कारण करिब १२ घन्टापछि नेपालगन्जकै माँ जानकी अस्पतालमा शल्यक्रिया पछि प्रितिले बच्चा जन्माउनु भएको हो ।

भेरी अस्पताल शिल भए पनि स्त्री रोग बिशेषज्ञ डा कुमार शाह र डा पारस पान्डे सहितको चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोलीले शल्यक्रिया गरेका थिए ।

शल्यक्रिया पछि जन्मिएको बच्चा र आमा दुबैको अबस्था सामान्य भएको अस्पतालका प्रमुख डा श्याम सुन्दर यादबले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *