Main News

बारा र पर्सामा चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित थप ७० जनाका कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन २७ गते ७:३१
बारा र पर्सामा चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित थप ७० जनाका कोरोना संक्रमण पुष्टि

२७ साउन, २०७७, काठमाडौं । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित पर्सा र बाराका गरी गएराति थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये पर्साका ६५ जना र बाराका ५ जना छन् ।

यसअघि सोमबार बिहान पनि पर्साका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रयोगशालाले दिएको जानकारी अनुसार नारायणी अस्पतालको ओपीडीमा कार्यरत वीरगञ्ज–३ प्रगतिनगरका ३३ वर्षीय र बारा नकटुवाका ४५ वर्षीय पुरुष, अस्पतालकै पेड्रियाट्रिक वार्डमा कार्यरत बारा पथलैयाका २३ वर्षीय पुरुष र अस्पतालकै क्वाटरमा बस्दै आएकी ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी अस्पतालकै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेका ५ वर्षीया बालिका, ३३ वर्षीया महिला र ५६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

नेशनल मेडिकल कलेजमा कार्यरत दुई जना चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा प्रहरी कार्यालय विर्तामा कार्यरत ५ जना र जिल्ला प्रहरी कार्यलय पर्सामा कार्यरत १ जना प्रहरीमा पनि संक्रमण देखिएको छ । यो सँगै पर्सामा ३२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरका अनुसार क्वारेन्टिनमा खटिएका मात्रै नभएर भिडभाडमा खटेर ड्युटी गर्ने प्रहरीमा समेत कोरोना संक्रमण भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *