Main News

१० महिनादेखि पोखरा विश्वविद्यालय पदाधिकारीविहीन, आन्दोलनमा विद्यार्थी (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २७ गते ६:१६
१० महिनादेखि पोखरा विश्वविद्यालय पदाधिकारीविहीन, आन्दोलनमा विद्यार्थी (भिडियोसहित)

२७ साउन, २०७७, पोखरा । पोखरा विश्वविद्यालयमा उपकुलपति, रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्तिको माग गर्दै विद्यार्थी आन्दोलनमा छन् ।

आन्दोलनको रुप फेर्दै विद्यार्थीले रिले अनसन थालेको पनि १९ दिन भएको छ । तर विद्यार्थीको माग सम्वोधन भएको छैन । पदाधिकारी नहुँदा विश्वविद्यालयका नियमित काम नै प्रभावित हुँदा पनि सरकारले ध्यान दिएको छैन ।

पोखरा विश्वविद्यालयको मुख्य प्रशासनिक भवनमा देखिएको दृष्य हो यो । पोखरा महानगरपालिका वडा नम्बर ३२ मा रहेको विश्वविद्यालयको मुख्य गेटमा उपकुलपति, रजिस्ट्रार नियुक्ति गर विद्यार्थीको भविश्य सुनिश्चित गर नारा लेखेको कालो व्यानर टाँगिएको छ । दुई जना युवा विस्तरा लगाएर व्यानरमुनि सुतिरहेका छन् ।

देशकै दोश्रो धेरै विद्यार्थी रहेको पोखरा विश्वविद्यालयमा १० महिनादेखि उपकुलपति, रजिस्ट्रार नहुँदा अध्ययन, अध्यापन प्रभावित भएको छ । परीक्षा हुन सकेको छैन र परीक्षाफल प्रकाशनलगायतका काम रोकिएको छ । त्यसैले तत्काल पदाधिकारी नियुक्ति गर्नु पर्ने विद्यार्थीको माग छ ।

पोखरा विश्वविद्यालयमा उपकुलति र रजिष्टार मत्र हैन परिक्षा नियन्त्रक ३ संकायका डीन पनि खाली छ, तीनवटै संकायका डाइरेक्टर, तीनवटै स्कुल निर्देशक, पाठ्यक्रम विकास केन्द्र, अनुसन्धान केन्द्र र अन्तराष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक पद पनि रिक्त छ । यसले विश्वविद्यालयका कर्मचारीको सेवासुविधा समेत रोकिएको छ । नीति निर्माण गर्ने कार्यकारी परिषद्, सभा र प्राज्ञिक परिषद् बस्न सकेको छैन ।

विश्वविद्यालयमा दैनिक प्रसासनिक काम वाहेक अन्य सबै रोकिएका छन् । यसले विश्विद्यालयले नियमित गर्ने दिक्षान्त समारोह पनि अन्योलमा परेको छ ।

विद्यार्थीले सरकारले माग सम्बोधन गर्न ढिला गरे थप शशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । विश्वाविद्यालयमा पदाधिकारी नियुक्तिको माग गर्दै विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाइसकेका छन् । तर सरकारले सुनेको नसुन्यै गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *