Main News

सबै निजी अस्पतालले कोरोना संक्रमितका लागि अनिवार्य बेड छुट्याउनुपर्ने

हिमालय टिभी
२०७७ साउन २६ गते १९:१३
सबै निजी अस्पतालले कोरोना संक्रमितका लागि अनिवार्य बेड छुट्याउनुपर्ने

२६ साउन, २०७७ काठमाडौं । देशभरका निजी र सरकारी सबै अस्पतालले कोरोना संक्रमितको उपचारको लागि अनिवार्य रुपमा बेड छुट्याउनुपर्ने भएको छ ।

सरकारले निजी, सामुदायिक, सरकारी अस्पतालले कोरोना संक्रमितका लागि २० प्रतिशत बेड अनिवार्य छुट्याउनु पर्ने व्यवस्था गरेको हो ।

अहिलेसम्म कोरोना संक्रमितको उपचार सरकारले तोकिएका अस्पतालमा मात्रै हुने गरेको थियो ।

जसका कारण अस्पतालले कोरोना संक्रमणको लक्षण मिलेका विरामीलाई अस्पतालमा प्रवेश नै दिने गरेका छैनन ।

तर अब बेड नै छुट्याउनु परेपछि अस्पतालले कोरोना आशंका गरिएका विरामीलाई त्यसै फिर्ता गर्न पाउने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *