Main News
पचास हजार धरौटी बुझाउन नसक्दा विप्लव समूहका सेती इञ्चार्ज चेल जलान
२०७७ साउन २६ गते १८:५४

२६ साउन, २०७७, कैलाली । ५० हजार धरौटी बुझाउन नसकेपछि नेकपा विप्लव समूहका सेती महाकाली ईन्चार्ज ओमबहादुर पुनलाई कारागार चलान गरिएको छ ।
जिल्ला अदालत कैलालीले आज उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला अदालत कैलालीका स्रेस्तेदार राइभान कुन्जेडाले जानकारी दिनुभयो ।
धरौटी तिरे प्रहरीले अर्को मुद्धा लगाउने भन्दै पुनले कोरोनाको जोखिममा आफुले कारागार जाने निर्णय गरेको बताउनुभयो ।
पुनलाई धनगढी उपमहानरपालिका वडा नम्बर ७ को कनरी क्षेत्रबाट असार ३१ गते पक्राउ गरिएको थियो ।
प्रतिक्रिया