प्रधानन्यायाधीश जबराको भूमिकाप्रति बार एशोसिएसनले उठायो प्रश्न

२६ साउन, २०७७ काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकाप्रति प्रश्न उठाएको छ ।
प्रधानन्यायाधीश जबराको भूमिका कारण न्याय सम्पादन राम्रो हुन नसकेको बारको निष्कर्ष छ । बार एशोसियसनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्डेश्वर श्रेष्ठले प्रतिवद्धता अनुसार प्रधानन्यायाधीश राणाले काम नगरेको टिप्पणी गर्नुभयो ।
बारले न्यायाधीश नियुक्तिनै सही ढंगले हुन नसकेको भन्दै असन्तुष्टि जनाएको छ । न्यायाधीश नियुक्ति गलत ढंगले भैरहेकोले काम पनि राम्रो हुन नसकेको बार अध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यसका लागि न्यायपरिषद्लाई सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
न्याय क्षेत्र भित्रका विकृति विसंगति, र भ्रष्टाचार नियन्त्रण गर्न बारका प्रतिनिधि सम्मिलित विशेष संयन्त्र गठन गर्न समेत बारले माग गरेको छ ।
न्यायाधीश र बारका पदाधिकारीको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्न, अदालतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभाव नियन्त्रण गर्न समेत बार एशोसिएशनको माग छ ।
प्रतिक्रिया