भट्टको नियुक्ति खारेजीको मागसहित उच्च अदालत पाटनमा रिट दायर
२६ साउन, २०७७ काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको नियुक्ति खारेजीको मागसहित उच्च अदालत पाटनमा रिट दायर भएको छ ।
अधिवक्ता जयबहादुर भुजेलले भट्टको योग्यता नपुगेको र कानूनसम्मत नभएको दावी गर्दै नियुक्ति खारेजीको मागसहित रिट दायर गर्नुभएको हो ।
भट्ट कालोसूचीमा परेको कम्पनीमा आवद्ध भएको तथा प्रमूख कार्यकारी अधिकृतका लागि योग्य नभएको दाबी गरिएको छ । निवेदनमा प्रमुख कार्यकारी अधिकृत सिफारिस समिति, सुशील भट्ट, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र लगानी बोर्डलाई विपक्षी बनाइएको छ ।
महाप्रसाद अधिकारीले राजीनामा दिएपछि रिक्त लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा मन्त्रिपरिषदले गत साता भट्टलाई नियुक्त गरेको थियो । तर विकास आयोजनाको काममा एजेन्ट बसेर अलपत्र पारेको र भट्ट आवद्ध कम्पनी कालोसूचीमा परेको भन्दै नियुक्तीलाई लिएर सरकारको आलोचना हुँदै आएको छ ।
प्रतिक्रिया