Main News

कर्मचारीमा कोरोना देखिएपछि अध्यागमन विभागको अत्यावश्यक बाहेकका सेवा बन्द

हिमालय टिभी
२०७७ साउन २६ गते १४:०९
कर्मचारीमा कोरोना देखिएपछि अध्यागमन विभागको अत्यावश्यक बाहेकका सेवा बन्द

२६ साउन, २०७७ काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ ।

विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोनो नेटेटिभ र एक जनामा पोजेटिभ आएको छ । विभागले प्रवेशाज्ञा ‘भिसा’ सेवा केही समयको लागि बन्द गरेको छ ।

कोरोना पोजेटिभ देखिएका कर्मचारीलाई आइसोलेसनमा पठाइएको र उहाँसँग सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई पनि होम आइसोलनमा राखिएको निर्देशक तिवारीले बताउनुभयो ।

विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित सञ्चालनमा रहेको छ ।

अध्यागमन कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत गौलोचन सैँजुले विमानस्थलको अध्यागमन सेवा समान्वयरुपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *