Main News

भदौ १ गतेपछि पनि हवाई उडान र लामो दूरीको यातायात सञ्चालन नहुने

हिमालय टिभी
२०७७ साउन २६ गते ८:१०
भदौ १ गतेपछि पनि हवाई उडान र लामो दूरीको यातायात सञ्चालन नहुने

२६ साउन, २०७७ काठमाडौं । भदौ १ गतेदेखि सञ्चालनमा आउने भनिएको अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान स्थगित हुने भएको छ ।

कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को हिजो साँझ बसेको बैठकले हवाई उडान र लामो दुरीका सवारी सञ्चालन १५ दिन पर सार्न सिफारिस गरेको हो ।

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

तर कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको छ ।

सीसीएमसीको बैठकले अन्त।राष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न सिफारिस गरेको छ । भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारिनेछ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गरिनेछ ।

तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावततलाई पूर्ण रुपमा बन्द गर्न सिफारिस गरेको छ । यसबारे औपचारिक निर्णय भने आज बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने छ ।

बैठकले कोरोना संक्रमितको केस २०० भन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक तथा वित्तीय संस्था लगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका निकायहरुलाई अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाहमा जोड दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *