Main News

बुद्ध जन्मभूमिबारे भारतले गर्‍यो आफ्नै विदेशमन्त्रीको अभिव्यक्तिको खण्डन

हिमालय टिभी
२०७७ साउन २५ गते १९:३१
बुद्ध जन्मभूमिबारे भारतले गर्‍यो आफ्नै विदेशमन्त्रीको अभिव्यक्तिको खण्डन

२५ साउन, २०७७ काठमाडौं । भारतले आफ्नै विदेशमन्त्रीको बुद्धको जन्मस्थलसम्बन्धि अभिव्यक्तिको खण्डन गरेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले भगवान् बुद्धलाई ‘महान् भारतीय’ भनेर दिएको अभिव्यक्ति विवादास्पद भएपछि विदेश मन्त्रालयले भगवान् गौतम बुद्धको जन्मभूमि नेपाल नै भएको स्पष्ट गरेको छ ।

विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ- यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ। जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा आएको मन्त्रालयको प्रस्टीकरण छ ।

यसअघि नै जयशंकरको भनाइको खण्डन गर्दै नेपालको परराष्ट्र मन्त्रालयले बुद्धको जन्म नेपालमा भएको धेरै प्रमाण रहेको र त्यसलाई विश्वले स्वीकार गरेकाले बुद्धको जन्मभूमि बहसको विषय नभएको बताएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *