Main News

बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय बहस र विवाद छैनः परराष्ट्र

हिमालय टिभी
२०७७ साउन २५ गते १८:२१
बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय बहस र विवाद छैनः परराष्ट्र

२५ साउन, २०७७ काठमाडौं । सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट पारेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई ‘महान भारतीय’ भनेपछि परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थल नेपाल रहेकोमा कुनै आशंका वा विवाद नभएको भन्दै यसलाई बहसको विषय बनाउन नसकिने प्रष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य नै भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रमाण रहेको बताउनुभयो ।

उहाँले बुद्धको जन्मस्थल तथा बुद्धधर्मको उद्गमस्थल लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत सूचिकृत रहेको प्रष्ट पार्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाललाई बुद्धको जन्मस्थलका रुपमा स्वीकारेको परराष्ट्र मन्त्रालयले स्मरण गराएको छ । सन् २०१४ को नेपाल भ्रमणका क्रममा मोदीले नेपालमा शान्तिदूत बुद्ध जन्मेको बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *