Main News

कोरोनाको त्रासका कारण सात सय कैदीलाई माफी दिएर रिहा गरियो

हिमालय टिभी
२०७७ साउन २५ गते १७:३५
कोरोनाको त्रासका कारण सात सय कैदीलाई माफी दिएर रिहा गरियो

२५ साउन, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमणको त्रासका कारण अहिलेसम्म ७ सय जना कैदीलाई माफी दिएर रिहा गरिएको छ ।

कारागारभित्र कोरोनाको जोखिम उच्च हुने भन्दै कैदी बन्दीको संख्या घटाउन महान्यायाधिवक्ताको कार्यालय, संसदीय समितिलगायतको ताकेतापछि उनीहरुको कैद मिनाहा भएको हो ।

कारागार व्यवस्थापन विभाग महानिर्देशक द्रोण पोख्रेलका अनुसार बालसुधार गृहमा रहेका दुई सय २८ जना बालबालिका र दुईसय १९ जना कैदीको कैद मिनाहा गरिएको हो ।

यस्तै जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा पनि दुई सय ३३ जनाले कैद माफि पाएका छन् । महानिर्देशक पोख्रेलले पछिल्लो समय कारागारभित्रै कोरोना संक्रमित भेटिन थालेकाले कारागारहरुको व्यवस्थापनमा विशेष ध्यान दिइरहेको र उच्च स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिइएको बताउनुभयो ।

नयाँ कैदी बन्दीहरुलाई कारागार लानु अघि अनिवार्य कोरोना परिक्षण सुरु गरिएको छ भने सम्भावित संक्रमितलाई राख्न कारागार भित्रै फरक ब्लकको व्यवस्था गरिएको छ ।

कैदी बन्दीहरुलाई अस्पताल लैजाने ल्याउने गर्दा पनि विशेष सतर्कता अपनाउन भनिएको छ । पछिल्लो समय बीरगञ्ज, नेपालगञ्ज लगायका जिल्लाका कारागारका कर्मचारी र कैदी बन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *