Main News

बागमती प्रदेशभित्र सवारी चालक अनुमतिपत्र नवीकरणमा पनि जोरविजोर

हिमालय टिभी
२०७७ साउन २५ गते १४:५६
बागमती प्रदेशभित्र सवारी चालक अनुमतिपत्र नवीकरणमा पनि जोरविजोर

२५ साउन, २०७७ काठमाडौं । बागमति प्रदेशभित्रका यातायात कार्यालयमा सवारीचालक र सवारीसाधन नवीकरणमा जोरविजोरको व्यवस्था लागू हुने भएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काठमाडा‌ैं उपत्यकाभित्रका तीनसहित १३ वटै जिल्लाका यातायात कार्यलयमा जोर विजोर प्रणाली लागु गरेको हो ।

योसँगै जोर नम्बर प्लेट भएका सवारीसाधन र सवारीचालक अनुमतीपत्र जोर गते र विजोर नम्बर प्लेट भएका विजोर गते मात्र नवीकरण हुनेछ । यस्तै इम्बोस्ड नम्बर प्लेटसम्बन्धी कार्यमा समेत जोरविजोर प्रणाली कायम गरिएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणका बाबजुद प्रदेशभित्रका यातायात कार्यलयहरुमा भीडभाड कम नभएपछि नयाँ व्यवस्था गरिएको मन्त्रालयले बताएको छ । बागमती प्रदेशभित्रका यातायात व्यवस्था कार्यालय सेवाग्राहीको धेरै भीडभाड हुने प्रमुख कार्यालयमा पर्छ ।

कोरोना भाइरसको जोखिमै कारण यातायात कार्यालयबाट सवारीचालक अनुमतिपत्रको काम तथा परीक्षा भने चैत ११ गतेदेखि नै बन्द छ । नयाँ व्यवस्थाले यायायात कार्यलयमा हुने भीडभाड‍ कम हुने मन्त्रालयको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *