Main News

पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन २५ गते १२:५३
पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

२५ साउन, २०७७, पर्सा । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले नेपाल प्रहरी, भारतीय वाणिज्य दुतावासका कर्मचारीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

संक्रमित हुनेहरुमा ६० जना पुरूष र १५ जना महिला रहेका छन् । संक्रमित हुनेमा १२ वर्षका देखि ६८ वर्ष सम्म रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना प्रहरी, भारतिय दुतावासका कर्मचारी, नारायणी अस्पतालका १ जना पुरुष र १ जना महिला कर्मचारी छन । पछिल्लो समय संक्रमण हुनेमा बारा र सर्लाहीका पनि छन ।

साउन १८ गते देखि २४ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ७५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा। निरज सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *