Main News

आजदेखि काठमाडौं उपत्यकाका तीनै जिल्लामा अत्यावश्यकबाहेकका सेवा बन्द

हिमालय टिभी
२०७७ साउन २५ गते ९:१९
आजदेखि काठमाडौं उपत्यकाका तीनै जिल्लामा अत्यावश्यकबाहेकका सेवा बन्द

२५ साउन, २०७७ काठमाडौं । काठमाडौंसहित उपत्यकका तीनवटै जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणमाका लागि भन्दै आजदेखि भदौ ८ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले अत्यावस्यकबाहेकका सेवा बन्द गराएका हुन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको हिजो बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

अब भदौ ८ गतेसम्म नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता नवीरकण, संस्था, पत्रपत्रिका दर्ता तथा नवीरकण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरणलगायतका काम हुने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *