Main News

प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन २५ गते ८:३२
प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि

२५ साउन, २०७७ काठमाडौं । प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना पुष्टि भएको छ। सांसद केसीले आफू पनि कोभिड–१९ बाट अछुतो हुन नसकेको प्रतिक्रिया दिनुभएको छ ।

कोरोनाको जोखिमका बीचमा जनताको काममा खटिएकी सांसद केसीलाई शनिबार कोरोना पुष्टि भएको हो। सांसद केसीले एक हप्ता यता आफूसँग सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्नु भएको छ ।

कोरोनाको कहरका बीच बाँकेको नरैनापुरमा बिजुली बाल्न तथा त्यसपछि पनि जनताको काममा केसीको दौडधुप थियो । नेपालगञ्जमा शनिबार नै एकजना उपसचिवलाई पनि कोरोना भएको छ ।

जिल्ला समन्वय समितिका उपसचिवलाई कोरोना पुष्टि भएको हो । नेपालगञ्ज उपमहानगरपालिका कार्यालय, राजश्व कार्यालयका आधा दर्जनभन्दा बढी अधिकृतलाई कोरोना भइसकेको छ ।

शनिबार कोरोना पुष्टि भएका नेपालगञ्जका १६ जनामा ११ जना क्वारेन्टाइनमा बसेका र पाँच जना शंका लागेर कोरोना जाँच गर्न आएका हुन् । चार जना कोहलपुरका रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *