Main News

नेपालको नयाँ नक्सा अझै पुगेन दुर्गम जिल्ला

हिमालय टिभी
२०७७ साउन २५ गते ८:२८
नेपालको नयाँ नक्सा अझै पुगेन दुर्गम जिल्ला

२५ साउन, २०७७ काठमाडौं । सरकारले गत जेठ ५ गते अद्यावधिक नक्सा जारी गरेपछि नापी विभागले ४० हजार नयाँ नक्सा वितरण गरे पनि दुुर्गम जिल्लामा नक्सा पुुग्न सकेका छैनन् ।

विभागले ६० हजार नयाँ नक्सा छपाइ गरेको र त्यसमध्ये ४० हजार नयाँ नक्सा वितरण गरिसकेको जनाएको छ । हालसम्म विभागले ५० वटा जिल्लामा नयाँ नक्सा पुर्याइसकेको छ भने बाँकी २७ जिल्लामा अझै नक्सा पुुग्न सकेका छैनन् ।

दुर्गम जिल्लामा भने कोरोना भाइरस र यातायातको असुविधाका कारण पुर्याउन नसकिएको विभागको भनाइ छ । विभागले हालसम्म सङ्घीय सरकारका सबै मन्त्रालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सातवटै प्रदेश सरकारका मन्त्रालय, विभाग, ७५३ वटै स्थानीय तहको कार्यालयमा नयाँ नक्सा पुर्याइएको जनाएको छ ।

त्यसैगरी सबै संवैधानिक निकाय, न्यायालय, त्रिभुवन विश्वविद्यालय, बैङ्क, सुरक्षा निकायमा नयाँ नक्सा पुर्याएको छ ।

जिल्लास्थित नापी कार्यालय र स्थानीय तह मार्फत वडा कार्यालयमा नयाँ नक्सा पुर्याउन आग्रह गरिएकाले कतैकतै कार्यालयमा भने नयाँ नक्सा पुग्न बाँकी रहेको विभागका सूचना अधिकारी एवं निर्देशक दामोदर ढकालले जानकारी दिनुभयो । सरकारले गत जेठ ५ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा स्वीकृत गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *