Main News

कोरोनाको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी जोरविजोरमा कडाइ गरिने

हिमालय टिभी
२०७७ साउन २५ गते ८:१८
कोरोनाको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी जोरविजोरमा कडाइ गरिने

२५ साउन, २०७७ काठमाडौं । कोरोना सङ्क्रमण जोखिम रोकथाम तथा नियन्त्रण गर्न आजदेखि काठमाडौँ उपत्यकामा ‘जोर–बिजोर’ सवारी सञ्चालनमा कडाइ गरिनेभएको छ । उपत्यकामा बिहीबारबाट पुनः जोर–बिजोर लागू गरिएको हो ।

यस विषयमा उपत्यकामा तैनाथ सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायसँग छलफल भइसकेको र जोर–बिजोर कडाइका साथ लागू हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।

स्वास्थ्य सतर्कतामा लापरबाही, भीडभाड र असुरक्षित आवागमनका कारण उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकोले जोर विजोरलाई थप कडाइ गर्नस परेको उहाँको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयबाट जारी स्वास्थ्य सतर्कता सम्बन्धी मापदण्ड पालना गर्न पनि प्रमुख जिल्ला अधिकारीहरुले आग्रह गरेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द हुनेछन् । प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन नागरिकमा आग्रह गरेका छन् ।

नागरिकको बाक्लो भीड लाग्ने सरकारी तथा गैरसरकारी कार्यालयको हकमा सम्बन्धित कार्यालय प्रमुख तथा पदाधिकारीलाई कोभिड–१९ सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड पूूरा गरी आवश्यक सतर्कता अपनाई सेवाग्राहीलाई सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *