Main News

कोरोना संक्रमित बढेपछि नेपालगञ्जका मुख्य शहरी क्षेत्र सिल

हिमालय टिभी
२०७७ साउन २५ गते ८:१२
कोरोना संक्रमित बढेपछि नेपालगञ्जका मुख्य शहरी क्षेत्र सिल

२५ साउन, २०७७ बाँके । बाँके जिल्लामा कोरोेनाको संक्रमण तिब्र रुपमा फैलदै गएपछि गएराती १२ बजेदेखि नेपालगन्जको मुख्य शहरी क्षेत्र सिल गरिएको छ ।

सिल गरिएको क्षेत्रमा नेपाली सेना लगायत ठुलो संख्यामा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । नेपालगन्जको पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकदेखि चारबाहिनी, बाँके गाँउदेखि रिङरोड हुँदै आर्मी ब्यारेक सम्मको क्षेत्रमा सिल गरिएको हो ।

बाँकेमा तीन दिनको अबधिमा ९७ जनामा कोरोना संक्रमण देखिए पछि शहरी क्षेत्र सिल गरिएको हो । समुदायस्तर मै तिब्र गतिमा कोरोनाको सक्रमण फैलिएपछि साउन १८ गतेदेखि लगाइएको निषेधाज्ञालाई थप तिन दिन बढाएर २७ गतेसम्म पुराइएको बाँके प्रशासनले जनाएको छ ।

बाँकेमा नेपालगन्ज उप महानगरपालिकाका, आन्तरिक राजस्व, अदालत, कारागार, वडा प्रहरी, कोहलपुर मेडिकल कलेज , नेपाली सेनाको कौशिल्या नगर ब्यारेक लगायत नेपालगन्ज उप महानगरपालिकाको प्राय सबै शहरी क्षेत्रमा कोरोनाको संक्रमण देखिए पछि शहरी क्षेत्र सिल गरिएको हो ।

बाकेमा आज सम्म ५ सय ६९ जना संक्रमितको पहिचान भएको छ । पहिचान भएका संक्रमित मध्ये १ सय ६६ जनाको उपचार भई रहेको २ जनाको मृत्यु भएको र ४ सय १ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *