Main News

विकासका नाममा डोजर आतंक, पहिरोको डरले बस्ती सार्न माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २४ गते २०:१९
विकासका नाममा डोजर आतंक, पहिरोको डरले बस्ती सार्न माग (भिडियोसहित)

२४ साउन, २०७७ , धनगढी । कैलालीका पहाडी क्षेत्रका स्थानीय तहले आफूखुसी खनेका सडकले पहिरोको जोखिम बढाएको छ । छरिएका घरमा सडक पुर्‍याउने नाममा चलाइएको डोजर आतंकले कैयौं बस्ती पहिरोको जोखिममा छन् । स्थानीयले बस्ती स्थानान्तरणको माग गरेका छन् ।

विना कुनै योजना आफूखुसी खनिएका सडकले कैलालीको पहाडी क्षेत्रका दुई स्थानीय तहमा पहिरोको जोखिम बढाएको छ। वर्षा शुरु भएपछि खनिएका कैलालीका चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका अधिंकाश सडक अवरुद्ध भइसकेका छन् । स्थानीय बासिन्दाले न त सडक उपभोग गर्न पाएका छन् न त सुरक्षित नै महसुस गर्न सकेका छन् ।

२०५३ सालमा गाउँको सिरानबाट आएको पहिरोले पुरै बस्ती बगाएको कैलालीको चुरे गाउँपालिका पट्ट्रेनीमा अहिले फेरि त्यस्तै खतरा छ । २०६६ सालबाट पुनस्थापित बस्तीमा गाउँको सिरानबाट जमिन भाँसिन थालेको छ । उनीहरुले अर्को वासस्थानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

गुणिका ८ र सल्लेरी गाउँका ३ घर पहिरोमा पुरिएपछि कैयौं परिवारको त्रिपालमुनिको बास छ । पहिरोको जोखिममा रहेका २९ परिवार बरु त्रिपालमै बस्नु परे पनि बस्ती छाड्न चाहन्छन् । चुरे गाउँपालिकामा ६ वटा बस्ती पहिरोको उच्च जोखिममा छन् । स्थानीय तहले एकीकृत बस्ती विकास कार्यक्रम लागू गर्ने तयारी गरेको जनाए पनि कहिले काम सुरु हुन्छ, यकिन छैन ।

छरिएका छिटपुट बस्तीको विकासका लागि भन्दै स्थानीय तहले बनाएका सडकले विपद्लाई सघाएको छ । वर्षामा न त सडक सञ्चालनमा आउँछन न त स्थानीय बासिन्दाले चैनसँग बस्न पाएका छन् । विपद्पछिको राहत र क्षतिपूर्ति भन्दा सुरक्षित बसोवासमा ध्यान पुर्‍याउनु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *