Main News

अब कोरोना संक्रमित घरमै बस्न पाउने, पालना गर्नुपर्छ यस्ता मापदण्ड (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २४ गते १९:४७
अब कोरोना संक्रमित घरमै बस्न पाउने, पालना गर्नुपर्छ यस्ता मापदण्ड (भिडियोसहित)

२४ साउन, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितलाई घरमै आइसोलेसनमा राखेर उपचार गर्न कार्यविधि ल्याएको छ । अब संक्रमितले मापदण्डमा रहेर घरमै उपचार गर्न पाउनेछन् । यसका लागि उनीहरुले केके विधि पालना गर्नुपर्छ ?

देशभर कोरोना संक्रमित बढ्दै गएका छन् । संक्रमितलाई राख्न अस्पतालमा आइसोलेशन बेडको अभाव छ । त्यसैले कोरोनाबाट कुनै असर नदेखिएका संक्रमितलाई घरमै आइसोलेशनमा राख्न सरकारले कार्यविधि बनाएको छ ।

कोरोनाको बढी जोखिममा रहेका समूह भने संक्रमितबाट टाढै बस्नु पर्छ । स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी नर्स तथा पारामेडिक्सले घरमा बसेका हरेक संक्रमितको दैनिक दुई पटक जानकारी लिएर रेकर्ड राख्नु पर्छ ।

संक्रमितलाई कुनै समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा खबर गर्नु पर्छ ।

अस्पतालमा बेड अभाव भएका बेलामा संक्रमितलाई घरमै राख्नु ठिकै भए पनि यसको राम्ररी अनुगमन भएन भने झनै जोखिम बढ्ने खतरा छ ।

त्यसैले घरमै आइसोलेशनमा बसेका संक्रमितले सरकारले तोकेका सबै नियम मान्नु पर्छ भने उनीहरुले नियम माने नमानेको बारेमा पनि सरकारले प्रभावकारी अनुगमन गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *