Main News

नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ७३ पुग्यो

हिमालय टिभी
२०७७ साउन २४ गते १६:३२
नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ७३ पुग्यो

२४ साउन, २०७७, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीय महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो । मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसगरी मोरङको वीराटनगर महानगरपालिका ९ का ५८ वर्षका पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए ।

शनिबार देशभरी ३ सय ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

आज देशभरी ६ हजार २ सय ६ जना सक्रिय संक्रमित रहेका छन । प्रदेश नम्बर १ मा ४ सय ७८, प्रदेश नम्बर २ मा २ हजार ९ सय २९, बागमती प्रदेशमा १ हजार २९ र गण्डकी प्रदेशमा २ सय ४२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ९०, कर्णाली प्रदेशमा १ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७५ जना संक्रमित उपचाररत रहेका छन ।

शनिबार देशका विभिन्न अस्पतालबाट ४ सय ९९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ बाट ९ सय ४२, प्रदेश नम्बर २ बाट ३ हजार ३ सय २६, बागमती प्रदेशबाट ६ सय र गण्डकी प्रदेशबाट १ हजार ४ सय ४१ जना संक्रमित निको भएर घर फर्किएका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७९, कर्णाली प्रदेशमा १ हजार ८ सय ८७ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ९ सय ३८ गरी आजसम्म १६ हजार ३ सय १३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन ।

शनिबार पीसीआर विधिबाट ७ हजार ७ सय ८८ गरी आजसम्म ४ लाख ३५ हजार २ सय ८९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

देशभरीका क्वारेन्टिनमा १० हजार ७ सय ९२ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार २ सय ४९, प्रदेश नम्बर २ मा १ हजार ४ सय ४३, बागमती प्रदेशमा ९ सय ५२ र गण्डकी प्रदेशमा २ हजार ८ सय ३४ जना क्वारन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ४, कर्णाली प्रदेशमा ४ सय ८३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ३ सय २७ जना क्वरेन्टिनमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *