Main News

विराटनगर नोबेल मेडिकल कलेजका दुई जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन २४ गते १४:१२
विराटनगर नोबेल मेडिकल कलेजका दुई जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि

२४ साउन, २०७७, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजका दुई जना चिकित्सकमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा कार्यरत दुई जना रेसिडेन्ट चिकित्सकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ । उनीहरु दुवैजना शुक्रबारदेखि अस्पतालको आईसोलेशनमा रहेका थिए ।

अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पुष्टि भएपछि अन्य चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाब संकलन कार्य भइरहेको अस्पतालले जानकारी दिएको छ । दुबै चिकित्सकमा स्वास्थ्य समस्या देखिएपछि आईसोलेशनमा राखेर स्वाब संकलन गरिएको थियो ।

अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालका अनुसार एमडीका रेसिडेन्ट चिकित्सकमा देखिएको कोरोनाको स्रोत खुलेको छैन । चिकित्सकमा कोरोना देखिएपछि अस्पतालले आइतबारदेखि ओपीडी सेवा बन्द गर्ने सूचना निकालेको छ ।

पछिल्लो समयमा विराटनगरका ठूला अस्पताल सबैमा कोरोनाको संक्रमण देखिएको छ । यसअघि विराट नर्सिङ होम, कोशी अस्पताल, न्युरो अस्पताल, विराट मेडिकल कलेज, गोल्डेन अस्पताल, मोरङ सहकारी अस्पताल र म्याक्स अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा पनि कोरोना देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *