Main News
विराटनगरमा तीन जना पत्रकारसहित २२ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ साउन २४ गते १२:५२

२४, साउन, २०७७, विराटनगर । विराटनगरमा तीन पत्रकारसिहत २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो दिउँसो बिराटनगरमा ३३ जनाको पोजेटिभ रिपोर्ट आएकोमा साँझ पत्रकारसहित थप २२ जनाको रिपोर्ट पोजेटिभ आएको विराटनगर महानगरपालिकाले जनाएको छ ।
हिजो एकैदिन ५५ जना संक्रमित थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।
महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार हिजो बेलुका थप २२ जना संक्रमित थपिएका हुन । महानगरका २ सय बढीको स्वाब परिक्षण गर्दा ५५ जनामा कोरोना देखिएको हो ।
प्रतिक्रिया